खण्डहर भवन बाहिर पाल टाँगेर तीन मन्त्रीको शपथ

काठमाडौं – राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

‘जेन–जी’ आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास बस्न अयोग्य बनेको थियो। त्यसैले गत शुक्रबार प्रधानमन्त्री कार्कीको शपथ राष्ट्रपति निवास भित्रै भएको थियो भने आज मन्त्रीहरूको शपथ भने खण्डहर कार्यालय बाहिर पाल टाँगेर सम्पन्न गरिएको हो।

शपथ कार्यक्रममा सरकारी निकायका अधिकारीहरू र विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रमुखहरू समेत उपस्थित थिए।

आज शपथ लिएका मन्त्रीहरूमा रामेश्वर खनाल (अर्थमन्त्री), कुलमान घिसिङ (ऊर्जा, भौतिक योजना तथा सहरी विकासमन्त्री) र ओमप्रकाश अर्याल (गृह तथा कानुनमन्त्री) रहेका छन्। घिसिङलाई तीन मन्त्रालय र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्