काठमाडौँ – वरिष्ठ अधिवक्ता सबिता भण्डारी महान्यायाधिवक्ता नियुक्त भएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्न सिफारिस गरेकी थिइन् ।
सोहीबमोजिम राष्ट्रपति रामचन्द्र पाैडेलले उनलाई नियुक्त गरेका हुन् । भण्डारीले नेपालको इतिहासमा प्रथम महिला महान्यायाधिवक्ताको रूपमा इतिहास रचेकी छन् । महान्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकार पनि मानिन्छ ।






