‘जेन–जी’ आन्दोलनका क्रममा भागेका ३ हजार ७ सय २३ कैदीबन्दी पक्राउ

काठमाडौं – ‘जेन-जी’ आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट भागेकामध्ये ३ हजार ७ सय २३ कैदीबन्दी पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार हालसम्म पक्राउ परेकाहरूलाई कारागारमा पुनः पुर्याइएको छ ।

उहाँका अनुसार आन्दोलनको अव्यवस्थाबीच देशभरबाट १० हजार ३ सय २० जना कैदीबन्दी फरार भएका थिए । तीमध्ये केहीलाई भारत भाग्न खोज्ने क्रममा भारतीय प्रहरीले समातेर फिर्ता गरेको छ भने कतिपयलाई सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका हुन् । केही भने आफैँ फर्किएर कारागार पुगेका छन् ।

प्रवक्ता घिमिरेले अझै धेरै कैदीबन्दी बाहिरै रहेकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो । साथै भागेकाबारे कुनै सूचना पाए नजिकैको प्रहरी वा सुरक्षा निकायलाई जानकारी दिन पनि उहाँले सबैलाई अनुरोध गर्नुभयो । यस्तै, आन्दोलनका कारण प्रहरी हिरासतबाट भागेका २ हजार २ सय ३८ थुनुवा मध्ये १ सय ३९ जना पक्राउ परेका छन् भने अझै २ हजार १ सय थुनुवा फरार रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्