एशिया कप टी–२० मा आज भारत र पाकिस्तान आमनेसामने

काठमाडौं – एशिया कप टी–२० क्रिकेटअन्तर्गत आज भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । दुबईमा हुने खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ । समूह ‘ए’ मा दुवै टोलीले समान दुई अङ्क जोडे पनि नेटरनरेटको आधारमा भारत शीर्ष स्थानमा रहेको छ भने पाकिस्तान दोस्रो स्थानमा रहेको छ ।

भारत र पाकिस्तानबीच आन्तरिक राजनीतिक कारण पछिल्लो एक दशकदेखि केवल आईसीसी र एसीसीअन्तर्गतका प्रतियोगितामा मात्रै प्रतिस्पर्धा हुँदै आएको छ । केही महिना अघि जम्मु–कश्मीरको पहलगाममा भएको आक्रमणपछि दुवै देशबीचको सम्बन्ध थप बिग्रिएको हो ।

यस वर्षको एशिया कपमा आठ टोली सहभागी छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र ओमान रहेका छन् भने समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् । प्रतियोगिताको फाइनल खेल आउँदो सेप्टेम्बर २८ (असोज १२ गते) का लागि तय गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्