काठमाडौं – नेपाल बीमा प्राधिकरणले आजदेखि सबै बीमा कम्पनीलाई कार्यालय पूर्ववत् सञ्चालनमा ल्याउन निर्देशन दिएको छ। हालसम्म उत्पन्न भएको विषम परिस्थिति सामान्य बन्दै गएपछि प्राधिकरणले सूचनामार्फत सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालयलाई भौतिक रूपमा उपस्थित भई कार्य गर्न आग्रह गरेको हो।
यसअघि भदौ २३ र २४ गतेको आन्दोलन तथा प्रदर्शनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानीलाई सहज र सरल बनाउन प्राधिकरणले कम्पनीहरूलाई विशेष निर्देशन जारी गरिसकेको थियो।






