नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नुपर्ने भएकाले इच्छुक संस्थालाई आवेदन दिन सोमबारसम्मको समय दिइएको छ।

राष्ट्र बैंकले वाणिज्य बैंक (‘क’ वर्ग) मा एक अर्ब चार करोड, विकास बैंक (‘ख’ वर्ग) मा १९ करोड ५० लाख र वित्त कम्पनी (‘ग’ वर्ग) मा छ करोड ५० लाख रुपैयाँ लगानी गर्ने जनाएको छ।

यसका लागि तोकिएका शर्तअनुसार न्यूनतम कुल पुँजीकोष कायम गरिएको हुनुपर्नेछ भने निष्क्रिय कर्जा सापटीको अनुपात आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशतभन्दा बढी नहुने प्रावधान राखिएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले लिन चाहेको रकम र ब्याजदरसमेत प्रस्ताव गरेर आवेदन दिनुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्