रेशम चौधरीले नाउपा छाडे, नयाँ नागरिक उन्मुक्ति पार्टीको घोषणा

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवम् संरक्षक रेशम चौधरीले पार्टी परित्याग गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफूले नाउपा छोडेको घोषणा गर्दै नयाँ राजनीतिक संगठन ‘नयाँ नागरिक उन्मुक्ति पार्टी, नेपाल’ गठन भएको जानकारी दिएका छन्।

पछिल्लो समय चौधरी र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठबीच विभिन्न राजनीतिक मुद्दामा मतभेद बढ्दै गएको थियो। तर, रञ्जितासँग व्यक्तिगत दुस्मनी नभएको उनले स्पष्ट पारेका छन्।

चौधरीको यो कदमसँगै नाउपाको आन्तरिक राजनीतिक भविष्यबारे नयाँ प्रश्नहरू खडा भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्