काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिँदै नेपालको समृद्धिप्रति भारत सदैव प्रतिबद्ध रहने स्पष्ट गरेका छन्।
सामाजिक सञ्जाल ‘एक्स’मार्फत सन्देश जारी गर्दै मोदीले कार्कीलाई प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएकोमा बधाई दिएका छन्। साथै उनले “नेपालका दाजुभाइ तथा दिदीबहिनीको शान्ति, प्रगति र समृद्धिमा भारत सधैँ साथ रहनेछ” भन्ने अडान दोहोर्याएका छन्।
पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री नियुक्त भएपछि अन्तर्राष्ट्रिय समुदायबाट शुभकामना सन्देश आइरहेका छन्। संयुक्त राष्ट्रसंघ, भारत, बेलायत र जापानले बधाई दिँदै नेपालको राजनीतिक स्थायित्व र प्रगतिप्रति समर्थन व्यक्त गरेका छन्।






