काठमाडौंमा निषेधाज्ञा र कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधित क्षेत्र कायम

File Photo

काठमाडौं – जिल्ला सुरक्षा समितिले उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यु हटाउने निर्णय गरेको छ । शनिबार बिहान बसेको बैठकले सुरक्षा अवस्था समीक्षा गर्दै सामान्य क्षेत्रबाट प्रतिबन्ध हटाइए पनि संवेदनशील ठानिएका केही स्थानमा भने निषेधित क्षेत्र यथावत राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

उनका अनुसार महत्त्वपूर्ण सरकारी निकाय, भीडभाड हुने ठाउँ र विगतमा प्रदर्शन बढी हुने क्षेत्रलाई लक्षित गरी निषेधित क्षेत्र कायम राखिएको हो ।

यसअघि जेनजी आन्दोलन चर्किएपछि काठमाडौंमा व्यापक रूपमा निषेधाज्ञा र कर्फ्यु लागू गरिएको थियो । कर्फ्यु हटेपछि उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालनसँगै जनजीवन सामान्य बन्दै गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्