काठमाडौं उपत्यकामा सार्वजनिक सवारी सञ्चालन हुन थाले, जनजीवन सामान्यतर्फ

File Photo

काठमाडौं – गत मंगलबारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि पुनः सुरु भएको छ । शुक्रबार फाट्टफुट्टमात्रै चलेका सवारी साधन शनिबार बिहानैदेखि बाक्लो संख्यामा देखिएका छन् ।

चितवनतर्फबाट पनि बसहरू काठमाडौंका लागि प्रस्थान गरिसकेका छन् । जेनजी आन्दोलनकै क्रममा सोमबार नयाँबानेश्वर आसपास बाहेकका क्षेत्रमा सवारी चले पनि मंगलबारदेखि उपत्यकाभरै आन्दोलन चर्किएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको थियो । नेपाली सेनाले लगाएको कर्फ्युकै कारण जनजीवन ठप्प बनेको थियो ।

शनिबार बिहानदेखि काठमाडौंमा कर्फ्यु हटाइएसँगै जनजीवन सहज बन्दै गएको छ । सार्वजनिक बस, ट्याक्सी, माइक्रोबसलगायतका सवारी साधन सडकमा बाक्लो संख्यामा गुडिरहेका छन् ।

पसलहरू पनि क्रमशः खुल्न थालेका छन् भने आन्दोलनका क्रममा क्षति पुगेका पसलहरूमा व्यापारीहरूले सरसफाइ सुरु गरेका छन् । मंगलबार रातिदेखि सडकमा सुरक्षा व्यवस्था कडा पार्दै उत्रिएको सेना शनिबार बिहानैदेखि क्रमशः ब्यारेक फिर्ता भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्