काठमाडौं – जेनजी आन्दोलन चर्किएसँगै भएको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या आधिकारिक रूपमा ५१ पुगेको जानकारी दिएका हुन् ।
मृतकमध्ये काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका नागरिक परेका छन् । तीन प्रहरी र एक भारतीय महिलासमेतको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रदर्शनको पहिलो दिनमै २१ जनाको मृत्यु भएको थियो । तीमध्ये ९ जना कैदी र बाल सुधार गृहमा रहेका ५ बालबालिका मारिएका थिए । यस्तै, तीन प्रहरीको मृत्यु भएको छ भने अन्य केही जलेको अवस्थामा मृत फेला परेका छन् ।
उक्त घटनाले देशभर शोक र आक्रोश फैलिएको छ । आन्दोलन नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन भए पनि थप क्षति बढ्नसक्ने भन्दै आम नागरिक सतर्क रहन आह्वान गरिएको छ ।






