काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबार सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सुन र चाँदी दुवैको मूल्य बढेको छ। महासङ्घका अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ। बिहीबार तोलाको मूल्य २ लाख १४ हजार ७०० रुपैयाँ थियो। यससँगै एकै दिनमा सुन तोलामा १ हजार १०० रुपैयाँले वृद्धि भएको हो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा २ हजार ५०५ रुपैयाँ कायम भएको चाँदी शुक्रबार बढेर तोलामा २ हजार ५६५ रुपैयाँमा पुगेको छ। सुनचाँदी व्यवसायी महासङ्घले दैनिक अन्तर्राष्ट्रिय बजार मूल्य र विदेशी मुद्रासँगको विनिमय दरलाई आधार बनाएर मूल्य निर्धारण गर्ने गरेको छ।






