काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ २३ र २४ गतेको घटनामा देशको सम्पत्ति जलाउनेहरूलाई कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।
बिहीबार भिडियो सन्देश जारी गर्दै उनले घटनाको छानबिनका लागि शक्तिशाली आयोग गठन गर्न माग गरे। “नयाँ सरकारले शक्तिशाली कानुन बनाएर छानबिन गर्नुपर्छ। ममाथि पनि छानबिन गर्नुपर्छ। अकुत सम्पत्तिलाई राष्ट्रियकरण गर्नुपर्छ। तर, भदौ २३ र २४ गतेको घटनाका दोषीलाई कारबाही गर्नैपर्छ,” थापाले भने।
महामन्त्री थापाले हालको संविधानलाई मर्म नमार्ने गरी सुधार गर्नुपर्नेमा जोड दिए। संविधानले धेरै नागरिकको आकांक्षा पूरा गरेको भन्दै उनले जेन–जेड आन्दोलनलाई आवश्यक परिवर्तनका लागि आग्रह गरे।
उनले भने, “हामी कांग्रेसलाई बदल्न लाग्छौं। जेनजीले मन पराउने पार्टी बनाउँछौं। तर, संविधानको मर्मलाई नमारिकन परिवर्तन गर्नुपर्छ। हामीलाई नखाएको विष लागेको छ। दूधको दूध, पानीको पानी हुनैपर्छ।”
थापाले जेनजीलाई सबैलाई एउटै काँधमा नराख्न पनि अनुरोध गरे। उनका अनुसार, “भोलि देश चलाउन पनिुपर्ने भएकाले एउटै काँधमा नहालौं।”







