प्रचण्ड पुत्री गंगाको घरमा जलेको अवस्थामा भेटिएका व्यक्तिको पहिचान खुल्यो

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलेको अवस्थामा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीका अनुसार मृतक काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ घर भई हाल ललितपुर सुनाकोठी–२५ बस्ने २७ वर्षीय सरोज खत्री हुन् ।

प्रवक्ता जोशीले भने, “जलेको अवस्थामा शव भेटिएको थियो । मृतकले लगाएका कपडा र घडीका आधारमा बुधबार पहिचान खुलेको हो ।” शवलाई पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो प्रदर्शन उग्र बनेपछि गंगा दाहालको घरमा आगजनी भएको थियो । त्यही घटनाक्रममा सरोज खत्रीको मृत्यु भएको हो भन्ने आशंका गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्