नेतृत्व विवादपछि सेनाले जेनजी प्रतिनिधिलाई भोलि बिहान सम्पर्कमा आउन आग्रह

 

काठमाडौं । आगामी सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै विवादमा उत्रिएका जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहान सम्पर्कमा आउन आग्रह गरेको छ ।

जंगीअड्डाबाहिर सेनाका प्रतिनिधिले माइकिङ गर्दै जेनजी समूहलाई समूहगत रूपमा सम्पर्क गर्न अनुरोध गरेका हुन् । सेनाले प्रत्येक समूहका नेतृत्वकर्ताको नाम र फोन नम्बर उपलब्ध गराउन आग्रह गरेको छ ।

‘को–को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला,’ सेनाका प्रतिनिधिले भनेका छन्, ‘एक–एक जना ग्रुप लिडरको नाम सहित लेखेर हामीलाई दिनुहोला ।’

यसअघि बुधबार दिउँसो जेनजी प्रतिनिधिहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आगामी सरकारको नेतृत्वका लागि प्रस्ताव गरेका थिए । तर, त्यसपछि जंगीअड्डाबाहिर एक समूहले उक्त प्रस्तावविरुद्ध नाराबाजी गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्