तनाव नसमेटिएपछि नेपाली सेनाको चेतावनी, राति १० बजेपछि सुरक्षा संयन्त्र परिचालित हुने

 

काठमाडौं । मंगलबार दिनभरको तनावपूर्ण अवस्था नथामिएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका गतिविधि रोक्न आग्रह गरेको छ। सेनाले यस्ता कार्य रोकिएन भने राति १० बजेपछि नेपाली सेनासहित सम्पूर्ण सुरक्षा संयन्त्र परिचालित हुने चेतावनी दिएको छ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा अत्यधिक क्षति पु¥याएको उल्लेख गरिएको छ। यस्ता गतिविधि नियन्त्रणमा लिन सम्पूर्ण राष्ट्रवासीलाई सहयोग गर्न सेनाले अपिल गरेको छ।

“तत्पश्चात् सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिनेछ,” विज्ञप्तिमा भनिएको छ।

राजधानीमा सोमबारदेखि सुरु भएको जेनजी आन्दोलन आक्रामक बनेपछि विभिन्न सरकारी कार्यालय, संवैधानिक निकाय, पार्टी कार्यालय र नेताहरूका निवासमा आगजनी र तोडफोड भएको छ। प्रदर्शनमा हालसम्म दुई दर्जनभन्दा बढीको मृत्यु र सयौं घाइते भइसकेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्