जेनजी समूहद्वारा अख्तियारमा आगजनी, प्रदर्शन अझै आक्रोशित

 

काठमाडौं । जेनजी युवाहरूको समूहले मंगलबार टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) को केन्द्रीय कार्यालयमा आगजनी गरेका छन्। सोमबार हिंसात्मक रूप लिएको प्रदर्शन मंगलबार बिहानैदेखि झन् आक्रोशित बन्दै गएको हो।

प्रदर्शनकारीहरूले अख्तियार कार्यालयसँगै सिंहदरबार, सर्वोच्च अदालत, अन्य सरकारी निकायका कार्यालय, शीर्ष नेताहरूका निवास र दलका पार्टी कार्यालयमा समेत आगजनी तथा तोडफोड गरेका छन्।

दुई दिनदेखि जारी प्रदर्शनमा हालसम्म २१ जनाको मृत्यु भएको र ५०० भन्दा बढी घाइते भएको प्रहरी स्रोतले जनाएको छ। सोमबार र मंगलबारको घटनापछि राजधानीमा उच्च सतर्कता अपनाइएको छ।

सामाजिक सञ्जाल बन्देजलगायतका व्याप्त बेथितीविरुद्ध आन्दोलनमा उत्रिएका जेनजी पुस्ताका युवाहरू पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा गरिसकेपछि पनि प्रदर्शन रोक्न तयार देखिएका छैनन्। उनीहरूको आक्रोश अझै नरोकिने संकेत देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्