जेनजी आन्दोलनको दबाबमा खेलकुदमन्त्री चौधरीको राजीनामा

काठमाडौँ – जेनजी आन्दोलन चर्किएसँगै मंगलबार खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन्। देशभर विरोध प्रदर्शन उग्र बन्दै गएपछि उनले पदमा बसिरहनु अनुचित ठानेको स्रोतले जनाएको छ।

यसअघि खानेपानी मन्त्री प्रदीप यादव र कृषिमन्त्री रामनाथ अधिकारीले समेत राजीनामा दिएका थिए भने स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने तयारी गरेका छन्।

लगातारको जनदबाबसँगै मन्त्रिपरिषद् संकटमा परेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्