जेनजी आन्दोलनको असर: खानेपानीमन्त्री यादवले पदबाट राजीनामा

काठमाडौं – खानेपानी मन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन्। सोमबार जेनजी आन्दोलनका क्रममा १९ जना युवाले ज्यान गुमाएको घटनापछि उनले आफू सरकारमा बस्न उपयुक्त नदेखिएको भन्दै पदत्याग गर्ने घोषणा गरेका हुन्।

मन्त्री यादवले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै भनेका छन्, “प्रिय युवा दाजुभाइ र दिदीबहिनीहरू, तपाईं नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सूत्रधार हुनुहुन्छ। हिजो नयाँ पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार तथा प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म खानेपानी मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु।”

यसअघि नेपाली कांग्रेसका तर्फबाट कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका थिए।

उता, स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने तयारी गरेको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्