मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा

काठमाडौं – जनकपुरधामस्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा मंगलबार बिहान प्रदर्शनकारी युवाले ढुंगामुढा गरेका छन्। बिहानैदेखि प्रदर्शनमा उत्रिएका युवाहरूले कार्यालय वरिपरि नाराबाजीसँगै आक्रोश प्रकट गर्दै ढुंगामुढा गरेका हुन्।

सुरक्षाकर्मीको बाक्लो घेराबन्दीका बीच पनि कार्यालय परिसरमा तनावपूर्ण वातावरण छ। प्रदर्शनकारी अहिले पनि सडकमा उत्रिएका छन् र आन्दोलन निरन्तर जारी छ।

यसअघि सोमबार देशभर भएका प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए भने सयौँ घाइते भएका थिए। त्यसको भोलिपल्टै आज फेरि प्रदर्शन भड्किएको हो।

लगातारको विरोध र बलिदानपछि आन्दोलन थप आक्रामक बन्दै गएको देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्