जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – काठमाडौंको नयाँ बानेश्वरमा भएको जेनजी आन्दोलनको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ। घाइते प्रदर्शनकारीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ।

मृतकको पहिचान खुल्न बाँकी रहेको र थप विवरण आउन बाँकी रहेको अस्पतालले जनाएको छ। जेनजी आन्दोलनका क्रममा व्यापक संख्यामा सर्वसाधारण र पत्रकार सहभागी रहेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास, पानीको फोहरा र रबरको गोली प्रयोग गरेको थियो। यस क्रममा कयौँ व्यक्ति घाइते भएका छन्, जसमा पत्रकारहरू समेत परेका छन्।

हालसम्म ७० देखि ८० जना प्रदर्शनकारी घाइते भई अस्पतालमा उपचाररत छन्। स्थिति अझै पूर्ण रूपमा नियन्त्रणमा आएको छैन र जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु आदेश जारी गरिसकेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्