काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी

काठमाडौँ – काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले कर्फ्यू जारी भइसकेको जानकारी दिए । कर्फ्यू लगाउनुअघि प्रजिअ रिजालले गृहमन्त्री रमेश लेखकसँग परामर्श गरेका थिए। गृहमन्त्री प्रहरीसम्बन्धी विधेयकमा छलफलमा थिए।

मध्यान्ह साढे १२ बजेदेखि राति १० बजेसम्मलाई कर्फ्यू आदेश लगाएको छ। बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म कर्फ्यू आदेश जारी भएको हो।

त्यस्तै बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यू आदेश जारी भएको छ। जेनजीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्