जेन–जीलाई नख्खु कारागारबाट रविले भने – तपाईंहरूमा विवेक र आवेगसँगै देशको इतिहास बदल्ने शक्ति छ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजदेखि सुरु हुने जेन–जीको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

हाल ललितपुरको नख्खु कारागारमा रहेका लामिछानेले आइतबार व्यक्तिगत सचिवालयमार्फत सार्वजनिक गरेको सन्देशमा ‘भोलि इतिहासको नयाँ सुरुवातको दिन हुनेछ’ भन्दै युवापुस्तालाई संयमित र सचेत रहन आग्रह गरेका छन् ।

उनले जेन–जीमध्ये धेरैको जीवनमा पहिलोपटक सडकमा उत्रिने अनुभव हुने उल्लेख गर्दै ‘शासकहरूले विधि र विवेकको शासन दिनु त परेन्, बरु सामाजिक सञ्जालमा आफ्नो खुसी–दुःख बाँड्ने अधिकारसमेत खोसे’ भन्ने आरोप लगाएका छन् ।

साथै, उनले सम्भावित घुसपैठबारे सतर्क रहन, उत्तेजनामा नफस्न र विवेकपूर्ण ढंगले अघि बढ्न सुझाव दिएका छन् । ‘तपाईंहरूको विवेक र आवेगसँगै देशको इतिहास बदल्ने शक्ति छ,’ लामिछानेले भनेका छन् ।

सन्देशको अन्त्यमा उनले ‘नख्खु जेलको कालकोठरीबाट म तपाईंहरुप्रति शुभेक्षा, सद्भाव र ऐक्यबद्धता प्रकट गर्दछु’ भन्दै आन्दोलनमा सहभागी हुने सबैलाई शुभकामना दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्