एकै दिन १६ सय बढेर सुनको भाउमा नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । आइतबार अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले सुन महँगिएको छ । अघिल्लो दिन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । आइतबार चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला २५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन २४९० रुपैयाँको रेकर्ड बनाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्