प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं — प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ दर्ज्यानी चिन्हबाट सुशोभित भएका छन्। नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ भदौ १३ गतेको निर्णयअनुसार खापुङलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरिएको हो।

नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा आयोजित विशेष समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह अर्पण गर्दै सुशोभित गरे।

नवपदोन्नत महानिरीक्षक खापुङलाई शुभकामना व्यक्त गर्दै समारोहमा उपस्थित अधिकारीहरूले उनको नेतृत्वमा नेपाल प्रहरी अझ सशक्त, सक्षम र जनमुखी संस्थाको रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्