काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि सुरु भएको बैठक विधान अधिवेशनको पूर्वसन्ध्यामा बोलाइएको हो।
बैठकमा विधान अधिवेशनलाई केन्द्रित गरेर आवश्यक तयारी र विभिन्न निर्णयहरू हुने जनाइएको छ। यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा राखिएका फरक मतसमेत आजको सचिवालय बैठकले टुंगोमा पुर्याउने अपेक्षा गरिएको छ।
एमालेले विधान अधिवेशनका लागि अन्तिम तयारी पूरा गरेको र त्यसअनुरूप अबको राजनीतिक, सांगठनिक तथा नीतिगत एजेण्डामा छलफल हुने जनाएको छ।






