सुनको मूल्य ऐतिहासिक उच्च, चाँदीमा भने गिरावट

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर दुई लाख सात हजार नौ सय रुपैयाँ पुगेको छ।

गएको १३ गते शुक्रबार तोलाको दुई लाख नाघेको सुनको मूल्य त्यसयता लगातार बढिरहेको छ। हिजो तोलाको दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भएको सुन आज फेरि उकालो लागेको हो। अस्ति भने सुनको मूल्य दुई लाख पाँच हजार तीन सय रुपैयाँ थियो।

यसैबीच, चाँदीको मूल्यमा भने आज सामान्य गिरावट आएको छ। महासङ्घका अनुसार चाँदी तोलामा पाँच रुपैयाँले घटेर दुई हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी अहिलेसम्मकै उच्च दुई हजार चार सय ८५ रुपैयाँ पुगेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्