प्रधानमन्त्री मोदीसँग विदेशमन्त्री जयशंकर चीन भ्रमणमा किन गएनन्?

 

काठमाडौँ – सन् २०१९ मा भारतका विदेशमन्त्री बनेसँगै एस. जयशंकरलाई प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष महत्व दिने गरेको सन्देश गएको थियो। पछिल्ला करिब सात वर्षयता भारतको परराष्ट्र नीतिमा जयशंकर अग्रपंक्तिमा देखिँदै आएका छन्। विदेशमा प्रधानमन्त्री मोदीको ‘ब्रान्डिङ’ गर्ने जिम्मेवारी समेत उनकै काँधमा रहेको बताइँदै आएको छ।

प्रधानमन्त्री मोदी विदेश भ्रमणमा जाँदा विदेशमन्त्री जयशंकर साथमा नहुने घटना निकै विरलै हुन्छ। तर यसपटक अपवाद देखियो। मोदी २९ अगस्टदेखि १ सेप्टेम्बरसम्म जापान र चीनको भ्रमणमा भए पनि विदेशमन्त्री जयशंकर साथमा रहेनन्।

विशेषत: यो प्रसंग चर्चामा रहनुको कारण, जयशंकर स्वयं २००९ देखि २०१३ सम्म चीनमा भारतका राजदूत भइसकेका थिए र सन् १९९६ मा जापानमा उपराजदूतका रूपमा काम गरेका थिए। यसकारण प्रधानमन्त्रीको भ्रमणमा उनी अनुपस्थित रहनु अस्वाभाविक ठानिएको छ।

सामाजिक सञ्जालमा समेत धेरैले प्रश्न उठाएका छन्– आखिर किन जयशंकर प्रधानमन्त्री मोदीसँग शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी भएनन्?

इन्डिया टुडेका कार्यकारी सम्पादक गीता मोहनले अगस्ट ३१ मा एक्स (पूर्व ट्विटर) मा लेखेकी थिइन्, “प्रधानमन्त्री मोदीको चीन भ्रमणमा विदेशमन्त्री जयशंकर साथमा रहने छैनन्। मलाई भनिएको छ, उनको स्वास्थ्य ठिक छैन। यो पहिलो पटक हो, जब जयशंकर प्रधानमन्त्रीसँग विदेश भ्रमणमा जाने छैनन्।”

तर भारतको विदेश मन्त्रालयले भने आधिकारिक रूपमा जयशंकरको स्वास्थ्यबारे कुनै जानकारी दिएको छैन। त्यहीबीच, जयशंकरको एक्स खाताबाट भने भेटघाटका तस्वीरहरू र फिनल्याण्डकी विदेशमन्त्रीसँगको कुराकानीसम्बन्धी अद्यावधिकहरू सार्वजनिक भइरहेका थिए।- BBC Hindi

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्