दार्चुला – दार्चुलाको लेकम गाउँपालिका–२ सुँगरखालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। सोही स्थानस्थित सरस्वती आधारभूत विद्यालय, बिटोरामा कार्यरत अन्दाजी ५३ वर्षीय कमलापती भट्ट सोमबार दिउँसो करिब १ बजेतिर आफ्नै घरमा मृत भेटिएका हुन्।
भट्ट विगत केही समयदेखि श्रीमतीको निधनपछि घरमा एक्लै बस्दै आएका थिए। उनको शव घरमै फेला परेको स्थानीयले बताएका छन् ।घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गर्दैछ ।







