काठमाडौं – काठमाडौं महानगरपालिका- १७, नयाँ बजार नर्सरी चोकस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका- ८ का ४२ वर्षीय रूपचन्द्र श्रेष्ठलगायत ११ जनालाई हिजो बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ५९ हजार रूपैयाँ र ५८ बुक तास सहित पक्राउ गरेको हो । यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






