दार्चुला – दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। घर नजिकै रहेको जंगलमा घास काटेर घर फक्र्रने क्रममा भीरबाट लडेर नौगाड गाउँपालिका-६ खालिडाडा बस्ने ५० वर्षकी ऐति धामीको मृत्यु भएको हो। बिहीवार भीरबाट अन्दाजी १५० मिटर तल खसेर धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

सांकेतिक तस्बिर






