डडेल्धुरामा जीप दुर्घटना, चार जनाको मृत्यु, छ जना घाइते

डडेल्धुरा — डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

नवदुर्गा गाउँपालिका–५ को ठाँटा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८ नम्बरको जीप आज बिहान सडकबाट पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रहरी निरीक्षक डम्बर बिष्टका अनुसार घटनास्थलमै चार जनाको ज्यान गएको छ। मृतकमध्ये १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेको पुष्टि भएको छ।

दुर्घटनामा १८ वर्षीया सुशीला बिक, ४ वर्षीय प्रतिका कार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, चालक ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश बिक घाइते भएका छन्।

घाइतेहरूको उपचारका लागि डडेल्धुरा अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्