इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं – मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका फरार एक जना व्यक्ति पक्राउ परेका छन् ।

सुर्खेत भेरीगङ्गा नगरपालिका-२ सप्तरी समाझिङ्घाका कृष्ण सुनार कुवेतमा पक्राउ परेका हुन् । सुनारलाई कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा पक्राउ गरेर बुधबार नेपाल ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

उनलाई कसुरबमोजिम कानूनी कारबाहीको लागि सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाइने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्