रौतहट सुटकेश हत्या प्रकरण: आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु

काठमाडौँ — रौतहटमा २६ वर्षीया रूबीकुमारी साहको हत्या आरोपी लक्ष्मण पासवानको पनि मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार पासवानलाई बुधबार बिहान शरीरमा आगो लगाएको अवस्थामा फेला पारेर कीर्तिपुर बर्न अस्पताल ल्याइएको थियो। तर, उपचारका क्रममा बुधबार अपराह्न उनको मृत्यु भएको हो।

रौतहटको माधवनारायण नगरपालिका–६ माधवपुरका पासवान बिसुनपरवा–मानपुर सडकमा जलेर घाइते अवस्थामा फेला परेका थिए। उनले घटनाबारे बोल्ने क्रममा रूबी साहको हत्या आफूले गरेको स्वीकार गरेको भिडियो पनि सार्वजनिक भएको थियो।

गत शनिबार राति रौतहटको गौर नगरपालिका–९ गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा गेट नजिक सुटकेश फेला परेको थियो। भोलिपल्ट सुटकेश खोलेर हेर्दा त्यसमध्ये रूबी साहको शव फेला परेको प्रहरीले जनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्