चीनका ६ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने ट्रम्पको घोषणा

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका ६ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने घोषणा गरेका छन्। उनले यस कदमले अमेरिका–चीनबीचको सम्बन्ध आउँदा दिनमा अझ बलियो हुने विश्वास व्यक्त गरेका छन्। फक्सन्यूजका अनुसार हाल करिब दुई लाख ७० हजार चिनियाँ विद्यार्थी अमेरिकामा अध्ययनरत छन्।

भन्सार शुल्कसम्बन्धी वार्ताका बीच चिनियाँ विद्यार्थीलाई भिसा नदिने भन्ने अफवाह फैलिएको सन्दर्भमा राष्ट्रपति ट्रम्पले आफू सधैं चीनका विद्यार्थीलाई स्वागत गर्ने पक्षमा रहेको स्पष्ट पारे।

यसअघि गत मे महिनामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कम्युनिस्ट पार्टीसँग जोडिएका वा संवेदनशील अनुसन्धान क्षेत्रमा संलग्न चिनियाँ नागरिकका लागि भिसा रद्द गर्ने योजना सार्वजनिक गरेका थिए। तर ट्रम्पले त्यसलाई अफवाह मात्र बताउँदै चिनियाँ विद्यार्थीलाई भिसा प्रदान गर्न अमेरिका तयार रहेको दोहोर्‍याए।

उनले चीनसँगको हालको आर्थिक सम्बन्ध अघिल्ला राष्ट्रपति जो बाइडेन प्रशासनको तुलनामा निकै बलियो भएको दाबी समेत गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्