रौतहट सुटकेस हत्या प्रकरणका आरोपी लक्ष्मण पासवान जलेको अवस्थामा फेला

रौतहट — रौतहटमा सुटकेसभित्र मृत फेला परेकी रुबी साहको हत्या प्रकरणमा संलग्न मुख्य आरोपी लक्ष्मण पासवान जलेको अवस्थामा फेला परेका छन्।

माधवनारायण नगरपालिका–६ माधोपुर नजिकै बगैंचामार्ग हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा आज बिहान करिब साढे ६ बजे उनको शरीरमा आगो लागेको अवस्थामा प्रहरीले फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार पासवानले आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

गम्भीर घाइते अवस्थामा भेटिएका उनलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर उपचारका लागि गरुडास्थित अस्पताल पुर्‍याएको छ।

गत शनिबार गौर बजार जाने भन्दै डेराबाट निस्किएकी रुबी साह मृत अवस्थामा सुटकेसभित्र प्याक गरिएको अवस्थामा भेटिएकी थिइन्। उक्त प्रकरणमा प्रहरीले पासवानलाई मुख्य आरोपीका रूपमा चिनाउँदै अनुसन्धान अघि बढाइरहेको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्