काठमाडौँ – बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आज (भदौ ११ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन सुरु गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ४१ हजार ८० कित्ता साधारण शेयर सार्वजनिक गर्ने भएको हो। न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ। आईपीओ छिटोमा भदौ १५ र ढिलोमा भदौ २५ गतेसम्म खुला रहनेछ।
यसअघि आयोजना प्रभावित क्षेत्र, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर वितरण भइसकेको छ। कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी रेटिङ दिएको छ, जसले औसत जोखिम संकेत गर्दछ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।






