दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय खोलिने भएको छ । सदरमुकामसम्म पुग्नुपर्ने सास्ती अन्त्य गर्दै गृह मन्त्रालयले गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय खोलिने भएको हो । यस कार्यालयले शैल्यशिखर, नौगाड, मार्मा, अपिहिमाल र लेकमका नागरिकलाई सेवा पाउन सहज हुनेछ ।
यससँगै नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, विपद् व्यवस्थापन लगायतका सेवा स्थानीयस्तरमै उपलब्ध हुनेछन् । गृह मन्त्रालयले देशभरै २३ स्थानमा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने प्रस्ताव मन्त्रिपरिषदमा पेस गरेको र सोमबारको बैठकले स्वीकृति दिएको छ ।
यो कदमबाट करिब तीन लाखभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।






