भारत यूपीको बिजनौर भन्ने ठाउँमा आङै सिरिङ्ङ हुने घटना बाहिरिएको छ । घरायसी विवादका बीच श्रीमतीले आफ्नो श्रीमान्माथि ब्लेडले आक्रमण गरेकी छन् । महिलाले आफ्नो श्रीमान्को गोप्य अंगमा ब्लेड आक्रमण गरेकी हुन् ।
आक्रमण्बाट ती पुरुष गम्भीर घाइते भएका छन् । श्रीमान्माथि ब्लेड आक्रमण गर्ने महिलालाई पक्राउ गरी स्थानीय प्रहरीले मुद्दा चलाएको भारतीय मिडिया दैनिक भास्करले लेखेको छ ।
ग्राम सिमला कला भन्ने ठाउँमा बस्ने चान्दवीर भनिने चान्दको विवाह यसै वर्ष २९ अप्रिलमा भएको भएको थियो । विवाहको चार महिना पनि पूरा भएको थिएन । तर, श्रीमतीसँग उनको सम्बन्धमा दरार आउन थाल्यो । पीडित युवकको भनाइमा विवाहपछि श्रीमातीले आफूमाथि गर्ने व्यवहार ठीकठाक थिएन । उनी अक्सर अञ्जान मानिससँग फोनमा कुरा गरिरहन्थिन् । श्रीमान्ले आपत्ति जनाउँदा आक्रामक हुन्थिन् । सुरुदेखि नै आफ्नै श्रीमतीले आफूसँग वैवाहिक जीवन निभाउन नचाहेको युवकले प्रहरीलाई बताएका छन् ।
विवादपछि आक्रमण
घटना २० अगस्टको हो । साँझ करिब ६ बजेको भनिएको छ । त्यो बेला घरमा श्रीमान्–श्रीमतीबीच भनाभन भइरहेको थियो । पीडित चान्दवीरका अनुसार, केही बेरपछि उनी आफ्नी श्रीमतीसँग सम्बन्ध बनाउन गए । त्यही बेला अचानक छेउमा राखिएको ब्लेडले उनको गोप्य अंगमा प्रहार गरिन् । तिखो धार भएको ब्लेडको आक्रमणपछि युवक दुखाइले छटपटाउन थाले । उनको चिच्याहट सुनेर आसपासका छिमेकी घटनास्थलमा पुगेका थिए ।
घटनालगत्तै घाइते युवकका परिवारजनले नजिकैको अस्पतालमा भर्ना गराए । चिकित्सकले प्राथमिक उपचारपछि युवकको गोप्य अंगमा गहिरो चोट लागेको बताएका थिए । त्यसमा डाक्टरले सात टाँका लगाउनुपरेको थियो । अहिले युवकको अवस्था खतराभन्दा बाहिर छ ।
उपचारपछि पीडित चान्दवीरले आफ्नी श्रीमतीविरुद्ध प्रहरीमा लिखित जाहेरी दिएका थिए । जानीबुझी आफ्नी श्रीमतीले आफूलाई शारीरिक र मानसिक चोट दिएको उनले बताएका छन् ।






