बिपीको जस्तो कांग्रेस बनाउन सभापति बन्नैपर्ने अवस्था आएको छ : शशांक कोइराला

जनकपुर – नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले बिपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउन आफूलाई पार्टी सभापति बन्नैपर्ने अवस्था आएको बताएका छन्।

धनुषामा शुक्रबार आयोजित कार्यकर्ता भेटघाटमा उनले आगामी १५औं महाधिवेशनमा सहयोगको अपेक्षा राख्दै, आफू लोभ वा स्वार्थका लागि नभई नेपाल र नेपालीको सेवाका लागि राजनीतिमा आएको बताएका हुन्।

कोइरालाले कांग्रेसको विधान परिमार्जन गरी सभापतिलाई पूर्ण अधिकार दिने व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले हरेक पदमा हुने चुनावका कारण गुटबन्दी बढेको भन्दै विधान भन्दा नेताको आचरण महत्वपूर्ण हुने उल्लेख गरे।

चुनावमा टिकट वितरण केन्द्रका केही नेताले भागबण्डा गर्ने प्रवृत्तिले समस्या सिर्जना भएको भन्दै त्यसलाई सुधार गर्नुपर्ने पनि उनको भनाइ थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्