काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खोसिएको भन्ने आरोप निराधार भएको बताएका छन्। शुक्रबार पार्टी प्रवेश कार्यक्रमका क्रममा ओलीले भण्डारीले राष्ट्रपति हुन जाँदा सदस्यता छोडेकै कारण नवीकरण नहुने स्पष्ट पारे।
ओलीले ‘सदस्यता खोसेको होइन, छोडेको सदस्यता नवीकरण हुँदैन’ भन्दै भ्रममा नपर्न आग्रह गरे। साथै उनले भण्डारीले चुनाव हारेकाहरूसँग भेला गरेर पार्टीभित्र समस्या खडा गर्न खोजेकोप्रति असन्तुष्टि जनाएका छन्।






