अर्किडमा तीज विशेष दर खाने कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौँ –  अर्किड प्युपल सेकेन्डरी स्कुल, गोठाटारले शुक्रबार विद्यालय प्राङ्गणमा तीज विशेष दर खाने कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक–शिक्षिका तथा पत्रकारहरूको उत्साहजनक सहभागिता रहेको थियो।

तीज पर्व नेपाली महिलाहरूको महान् पर्वका रूपमा चिनिन्छ। यस पर्वमा महिलाहरू दर खाने, व्रत बस्ने, गीत–नृत्य गर्ने परम्परा रहिआएको छ । तीज दाम्पत्य जीवनमा सौहार्द बढाउने मात्र नभइ परिवार र समाजलाई एकताबद्ध गर्ने सांस्कृतिक पर्वका रूपमा नेपाली समाजमा महत्त्वपूर्ण मानिन्छ ।  विद्यालयका प्रिन्सिपल सीबी कार्कीले तीजले पारिवारिक एकता, आपसी माया र संस्कृतिको जगेर्ना गर्ने बताउँदै विद्यालयले यस्ता कार्यक्रममार्फत विद्यार्थीमा सांस्कृतिक चेतना अभिवृद्धि गर्न चाहेको धारणा राखे।

विद्यालयका सञ्चालक प्रेमकुमार भुजेलले शिक्षा मात्र नभई सांस्कृतिक गतिविधिमा पनि विद्यालयले निरन्तरता दिइरहेको उल्लेख गर्दै अभिभावक र समुदायसँगको सहकार्यले विद्यालयलाई अझ सबल बनाउन सहयोग पुग्ने बताए। त्यस्तै, विद्यालय संयोजक नरेन्द्र पाण्डेयले तीज पर्वले महिला सशक्तीकरणसँगै नेपाली समाजलाई जोड्ने सेतुको काम गर्ने बताए। उनले विद्यार्थीले परम्परा र संस्कृतिप्रतिको गर्वलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागी अभिभावक, शिक्षक–शिक्षिका र विद्यार्थीहरू तीजका गीतमा झुम्मिएर माहोललाई अझै उल्लासमय बनाएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्