काठमाण्डौ – सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सोनेको मूल्य १ लाख ९४ हजार ८ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको भाउ पनि वृद्धि भएको छ। आज तोलामा २० रुपैयाँले बढेर चाँदी २ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदी तोलाको २ हजार २९० रुपैयाँमा कारोबार भएको थियो।






