काठमाडौं—काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार गर्दा रामेछापको दोरम्बाका स्थानीयलाई भारी छुट दिने सम्झौता भएको छ । बुधबार हस्पिटल व्यवस्थापन र नेकपा (माओवादी) दोरम्बा शैलुङ काठमाडौं सम्पर्क समिति बीचमा दोरम्बाका स्थानीयलाई ३७ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । सम्झौतापत्रमा सम्पर्क समितिका अध्यक्ष होमबहादुर नगरकोटी, सचिव सुशील चौलागाईं र अस्पतालको प्रशासकीय प्रमुख दीपकचन्द्र बरालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार दोरम्बा शैलुङ गाउँपालिकामा स्थायी बसोबास गर्नेहरूलाई ३७ प्रतिशत छुटमा उपचार सुविधा दिइने अस्पतालका प्रशासकीय प्रमुख बरालले बताए । सम्पर्क समितिका सचिव सुशील चौलागाईंले अब दोरम्बावासीले एभरेष्ट अस्पतालमा ‘इनहाउस 20%, ओटी 10%, फार्मेसी 7% समग्रमा 35 प्रतिशतसम्म छुटको व्यवस्था गर्नेगरी सम्झौता भएको छ,’ उनले भने । छुट सुविधा पाउन बिरामीहरूलाई सो गाउँपालिका स्थायी ठेगाना खुल्ने नागरिकता र सम्पर्क समितिको सिफारिस आवश्यक पर्ने अस्पतालका HR अनिल अधिकारीले जानकारी दिनु भयो।अस्पतालले दोरम्बा शैलुङ गाउँपालिका बासीलाई दिएको सहुलेत सुविधालाई ध्यानमा राख्दै सम्पर्क समन्वय समितिले धन्यवाद ज्ञापन गरेको छ।
एभरेष्ट अस्पतालमा उपचार गर्दा रामेछापको दोरम्बाका स्थानीयले भारी छुट पाउने






