लगातार ओरालो लाग्दै शेयर बजार, नेप्से ९.२२ अङ्कले घट्यो

काठमाडौँ – शेयर बजार लगातार दोस्रो दिन ओरालो लागेको छ। आज नेप्से परिसूचक ९ दशमलव २२ अङ्कले घटेर २ हजार ७ सय ५७ दशमलव ९७ विन्दुमा झरेको छ।

आज निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेको छ। १ सय ९७ कम्पनीको शेयर मूल्य घट्दा ५३ कम्पनीको मात्रै बढेको छ।

जनउत्थान सामुदायिक लघुवित्त र सयपत्री हाइड्रोपावर कम्पनीको शेयर आज साढे ४ प्रतिशतले घट्यो। यद्यपि समग्र बजार ओरालो लाग्दा पनि विकास हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।

कारोबार रकम पनि घट्दै गएको छ। हिजो ५ अर्ब २० करोड रुपैयाँको कारोबार भएकोमा आज ३ सय १९ कम्पनीका १ करोड ६८ लाख कित्ता शेयर ५ अर्ब २ करोड रुपैयाँमा मात्रै किनबेच भएको छ। यससँगै कारोबार रकम लगातार चौथो दिन घटेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्