एनपीएल दोस्रो संस्करणको मिति घोषणा, २७ दिनसम्म चल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंसिर २ देखि २८ गतेसम्म हुने भएको छ ।

क्यानले सामाजिक सन्जालमार्फत एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ अर्थात मंसिर २ देखि डिसेम्बर १५ (मंसिर २८) सम्म हुने जानकारी दिएको हो । उक्त संस्करणका लागि मिनि अक्सन सकिएको छ । टीमहरूले विदेशी खेलाडी भित्र्याउने क्रममा छन् । एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्