जापानमा जनप्रगतिशील मञ्चद्वारा तीज विशेष शुभकामना तथा दर खाने कार्यक्रमको आयोजना

काठमाडौँ – नेपाली जनप्रगतिशील मञ्च च्युबु मिए क्षेत्रीय समिती, जापानले हरितालिका तीजको अवसरमा विशेष शुभकामना तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रम आगामी अगष्ट २३ गते शनिबार (कुसे औँसीका दिन) दिउँसो ३ बजे दोवान इन्डियन रेष्टुरेन्टमा हुनेछ। कार्यक्रममा सहभागी दिदीबहिनीलाई निःशुल्क दर खुवाइनेछ भने नेपाली संस्कृतिको परम्परागत उल्लाससँगै आपसी एकता र सद्भाव बढाउने उद्देश्य लिइएको छ।

समितिका अध्यक्ष रन्जित गौतमका अनुसार परदेशमा रहेर पनि आफ्नै संस्कृतिसँग आत्मीय सम्बन्ध कायम गर्न र सामूहिक एकता प्रदर्शन गर्न कार्यक्रम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। मञ्चका  क्षेत्रीय इन्जार्ज हरिदोङ तामाङले एकै छानामुनि भेला भई तीज मनाउने अवसरले दिदीबहिनीबीच आत्मीयता र सहयोगी भावना थप प्रगाढ बनाउने बताए ।

कार्यक्रमको संयोजन प्रेस सेन्टर जापानकी उपाध्यक्ष कान्ता गिरीले गरेकी छन्। मञ्चका केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष  श्यामहरि पाण्डेले नेपाली जनप्रगतिशील मञ्च जापान एउटा समाज सेवा गर्ने संस्था भएकाले यस किसिमका कार्यक्रमहरूले नागोया क्षेत्रमा बस्ने दिदीबहिनीहरूबीचको आपसी सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने  बताए । उनले कार्यक्रमलाई सफल बनाउन सबै दिदीबहिनी तथा शुभेच्छुकहरूलाई सहभागी हुन आह्वान गरेका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्