काठमाडौं – भारतले लिपुलेक पासमाथि नेपालको दाबीलाई अस्वीकार गर्दै औचित्यपूर्ण नरहेको ठहर गरेको छ। भारत सरकारको परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेकमार्ग सन् १९५४ देखि नै भारत र चीनबीचको व्यापारिक मार्ग रहेको दाबी गरेका छन्।
उनका अनुसार कोभिड–१९ का कारण केही वर्ष रोकिएको व्यापार अहिले पुनः सुरु गर्ने सहमति मात्रै भएको हो। उनले नेपालले गरेको भौगोलिक दाबीलाई भारतले मान्यता दिन नसक्ने स्पष्ट पार्दै भने, “यस्ता दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन्। एकतर्फी रूपमा दाबी विस्तार गर्नु स्वीकार्य छैन।”
प्रवक्ता जैसवालले बाँकी सीमासम्बन्धी विवादका विषयमा भने नेपालसँग संवाद र कूटनीतिक माध्यममार्फत समाधान खोज्ने भारत तयार रहेको बताएका छन्।






