जनकपुरधाम – रौतहटको गौरनगरपालिका–५ गौरीशंकर कलेज अगाडि छुरा प्रहार हुँदा एक युवकको ज्यान गएको छ।
प्रहरीका अनुसार विवादको क्रममा आज दिउँसो करिब २:४० बजे अन्दाजी २१ वर्षीय युवकमाथि छुरा प्रहार भएको थियो। गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए।
घटनापछि प्रहरीले छुरा प्रहार गरेको आरोपमा गौर नगरपालिका–३ का मनोज रामलाई पक्राउ गरेको छ। पक्राउ परेका उनीमाथि आवश्यक कारबाही तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






