प्रचण्ड आज नख्खु कारागारमा रवि लामिछानेलाई भेट्न जाने

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाने भएका छन्।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार प्रचण्ड बुधबार साँझ ६ बजे नख्खु पुगेर सभापति लामिछानेसँग भेट गर्ने कार्यक्रम तय भएको हो।

सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका लामिछाने भैरहवा कारागारमा रहेका थिए। उनीलाई गत शनिबार मात्र ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिएको हो।

यसअघि लामिछानेको पक्राउ र कारागार स्थानान्तरणपछि रास्वपाले विभिन्न कार्यक्रममार्फत आफ्नो पार्टी अध्यक्षको रिहाइको माग गर्दै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्